कपनमा ग्याङ फाइटः एकजनाको मृत्यु, दुई पक्राउ

appharu
0
Shares


काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ ।
ग्याङ फाइटमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई मृत्यु भएको हो । मंगलबार राति ९ बजे कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।

फाईल फोटो
सञ्जयको मृत्यु भएसँगै दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । फाईल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?