बन्द भयो ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम, यसो भने ओलीले

appharu
0
Shares


टेलिभिजन कार्यक्रम जनतासँग प्रधानमन्त्री बन्द भएको छ। राजधानीमा आयोजित एक समारोहका बिच सञ्चालक मनोज पाण्डेले कार्यक्रम बन्द भएको घोषणा गरे।

एक वर्षअघि सुरु भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम नेपाल टेलिभिजनबाट पहिले पाक्षिक र पछि साप्ताहिक रुपमा प्रसारण हुँदै आएको थियो।


गत वर्ष भब्य रुपमा सुरु भएको कार्यक्रमको भव्य नै रुपमा अन्त्य भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको बिचमा कार्यक्रममार्फत् आफ्ना विचार र जनताका आकांक्षा प्रस्तुत भएको बताए।

‘यो एक वर्षमा हाम्रा विचार, अवस्था र परिस्थिति, अगाडिको बाटो र हाम्रा राष्ट्रिय आकांक्षा कसरी पूरा गर्ने त्यस सम्बन्धमा पनि हामीले दृष्टिकोणहरु प्रस्तुत गरेका छौं,’ उनले थपे ”हाम्रा उपलब्धीहरू जनताका बिचमा पुर्यााउने प्रयास गरेका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?