पसल आगलागीमा १२ जनाको जलेर मृत्यु

मुम्बई, ३ पुस । मुम्बईको साकी–नाका इलाकास्थित खैरानी रोडमा रहेको एक पसलमा सोमबार बिहान भएको आगलागीमा परी १२ जनाको मृत्यु भएको छ विहान गरिब सवा ४ बजे नै सो पसलमा आगलागी हुँदा त्यहाँ काम गर्ने १५ जना भित्र नै सुतिरहेको अग्नी नियन्त्रक अधिकारीहरुले जनाएका छन् पसलमा विजुली सर्ट भएर आगलागी भएको सामानमा फैलिएको बताइएको छ । आगलागीमा परी भित्रै थुनिएका कामदारहरु ज्यान बचाउनका लागि पसलको पहिलो तलामा रहेको एक कोठमा गएर बसेको र आगलागी नियन्त्रणमा आएपछि उनीहरुलाई उपचारका लागि अस्पता लगिएको थियो तर अस्पताल लैजानेवित्तिकै उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए । आगलागीको चपेटामा परेको सो पसलको एउटा भाग जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?