चितवन, १६ मंसिर । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले जनताले जनविरोधी गतिविधि गर्नेलाई मत नदिने बताए नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुःख दिनेजस्ता काम गरेकालाई जनताले यसपटक सवक सिकाउने बताएका छन् जनताले अहिले आश्वासन नभई विकास चाहेको भन्दै उनले यसअघिका योजना सफल बनाउन र आगामी विकासका योजनालाई निरन्तरता दिनका लागि पनि जनताले विवेक पु¥याउने बताए “स्व गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्छु भन्ने अनि स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अविश्वासी पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने छन्,” उनले भने । अहिलेको वाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको उनको भनाइ थियो “व्यक्तिगत फाइदाका लागि जे पनि गर्न हुन्छ” उनले भने माओवादी अध्यक्ष दाहालले निर्वाचन जिते चितवनको बदनाम हुने मन्त्री पाण्डेको भनाइ थियो । आफू यही क्षेत्रमा विगत २२ वर्षदेखि राजनीति गर्दै आएकाले जनताको हरेक पीडा आफूलाई थाहा भएको उनले बताए “उनी भर्खर चितवन आएका हुन, यस क्षेत्रका लागि नयाँ हुन्,” उनले भने । दाहाललाई भेट्न जनताले विभिन्न बाटो प्रयोग गर्नुपर्ने चाहेर पनि भेट्न पनि नसक्ने भन्दै उनले आफूलाई सहजरुपमा भेट्न सक्ने बताए । दाहाल यस क्षेत्रबाट उठ्दै गर्दा जनताले उनको विकल्पमा आफूलाई मतदान गर्ने मन्त्री पाण्डेको विश्वास छ पाण्डेले यस क्षेत्रको विकास गर्दै पहिलो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने आफ्नो योजना रहेको बताए । जंगली जनावर यस क्षेत्रको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै उनले यसलाई व्यवस्थापन गर्न नसक्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको बताए । आफूसँग विकासका लागि राम्रा योजना रहेको भन्दै उनले विदेसिएका युवालाई स्वदेशमा नै फर्काउने खालका कार्यक्रम आफूले तयार पारेको बताए रेवा, राप्ति, नारायणी नदीमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने मनत्री पाण्डेले बताए । तटबन्धमाथि सडक निर्माण गरी जनावारलाई बस्ती छिर्नबाट रोक्नेलगायतका काम आफूले गर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया