भक्तपुर, १६ मंसिर । मध्यपुरथिमि नगरपालिका–४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ आज बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र खतरा लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चार घण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोज गरेको हो । स्थानीयलाई आतंकित पार्ने प्रयासस्वरुप विद्यालयको पछाडि पाखोमा विस्फोटक पदार्थ राखिएको पाइएको प्रहरीले जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया