उम्मेदवार आकाश लामाको समर्थन नवराज सिलवाललाई

ललितपुर, १६ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका आकाश लामाले बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाललाई समर्थन गरेको छन् । लामाले गोटिखेलमा सम्मन्न बाम गठबन्धनको जनसभामै सम्बोधन गरि उम्मेदवारी स्थगन गरेका हुन् । ललितपुरको विकासलाई बाम गठबन्धनले मात्र अघि बढाउन सक्ने र त्यसको लागि दुरदर्शी भिजन नवराज सिल्वालसँग रहेकोले यो निर्वाचनलाई सिलवाललाई आवश्यक रहेको बताउदै उनले आफ्नो उम्मेदवारी घोषणामार्फत फिर्ता लिएका हुन् गुलाफ चिन्ह लिएर चुनाव प्रचारमा रहेका लामाले दशैभर बाम गठबन्धनको माहौ रहेको र आजको राष्ट्रिय आवश्यकता बाम गठबन्धनको बहुमतको सरकार भएकाले अव पनि बाम गठबन्धनलाई नसघाउनेले आफ्नो र आफ्नो मुलुकको भविष्यमाथि प्रश्नचिन्ह उठाएको उनले दावी पनि गरे । लामा भन्छन्, “यस ललितपुर क्षेत्र नम्बर १ का जनताको भावना र चाहाना बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउने रहेको छ । जनताले नवराज सिल्वालको नेतृत्व चाहेका छन् । त्यसैले नवराज सिलवाललाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिन्छु ।”यसैगरि सो चुनावी सभामा ललितपुर १ ‘क’ प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका कुमार बरामले पनि बाम गठबन्धनकी उम्मेदवार लालकुमारी पुन (शुसिला) लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । लामा र बरामले दुवैले राष्ट्रिय आवश्यकता बाम गठबन्धनको विजय रहेकोले बाम गठबन्धनलाई समर्थन गरेको बताएका छन् गोटिखेलमा सम्पन्न उक्त चुनावी जनसभा दक्षिण ललितपुरकै २०५६ सालपछिकै ठूलो सभा रहेको स्थानियको भनाइ रहेको छ । उक्त सभामा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन, उम्मेदवारहरु नवराज सिलवाल, शुसिला पुन, चेतनाथ सञ्जेल आदिले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?