काठमाडौँ ७ मङ्सिर – संविधान संशोधनलाई नै मुख्य कार्यसूची बनाएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मधेसको मुद्दा सम्बोधन नगरेसम्म देशले स्थायित्व पाउन नसक्ने भन्दै राजपाले पहिलो चरणको निर्वाचनको तीन दिनअघि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण अन्तर्गत देशका ३२ जिल्लामा मङ्सिर १० गते मतदान हुँदैछ बिहीबार महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका सदस्यहरूले एक कार्यक्रमबीच घोषणापत्र सावर्जनिक गर्ने राजपा नेपालले जनाएको छ । आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश २ मा राजपा नेपालका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेको कारण समयमा घोषणापत्र सार्वजनिक हुन नसकेको पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए,गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया