कामी रिता शेर्पा उर्फ साहसीको ‘ब्राण्ड’, २४ पटक सगरमाथा चढ्नुको रहस्य यस्तो

कीर्तिमानी राखेपछि देश सम्झी रोए

काठमाडौं । हिमाल चढ्नु कामी रिता शेर्पाका लागि आफ्नो बाल्यकालमा फर्किनु जस्तै हो । उनलाई पहिलो पटक स्पर्श गर्ने घामका किरण हिमालसँगै ठोक्किएर आएका थिए, उनले बोलेको पहिलो शब्दमा हिमाली सुगन्ध मिसिएको थियो, उनको पहिलो पाइलाको डोब हिमालको आँगनमा बनेको थियो ।
सोलुखुम्बुको थामेमा जन्मिएका कामी रिताका बालसखा थिए हिमाल । त्यसैले उनले जेजति जानेका छन् त्यो हिमालले सिकाएको हो । अहिले पनि उनको जीवन त्यही हिमालकै सेरोफेरोमा घुमिरहन्छ । सातवटा टे«किङ कम्पनीमा सिनियर गाइडका रुपमा कार्यरत कामी रिताले सर्वाधिक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी समेत कायम गरेका छन् । त्यसैले आजकल यो नाम

फगत नाम मात्र नभएर एउटा ब्राण्ड हो ।

सातवटा ट्रेकिङ कम्पनीमा सिनियर गाइडका रुपमा कार्यरत कामी रिताले सर्वाधिक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी समेत कायम गरेका छन् । त्यसैले आजकल यो नाम फगत नाम मात्र नभएर एउटा ब्राण्ड हो ।

संसारकै सर्वोच्च शिखरलाई २४ पटक टेकिसकेका उनका गोडाले सयौं पटक अन्य हिमाललाई टेकिसकेका छन् । पाकिस्तानमा रहेको विश्वकै खतरनाक हिमाल माउन्ट केटु होस् या नेपालकै ८ हजार मिटर उचाइभन्दा माथि भएका हिमालहरु, सबैले कामी रिताको पदचाप महसुस गरिसकेका छन् ।

हिमाल यदि साम्राज्य हुँदो हो त शेर्पाहरु त्यहाँका सम्राट हुन्थे होलान् । अहिले पनि भरियादेखि गाइडसम्म, हिमाली भेगमा खुद्रा व्यापार गर्नेदेखि ठूल्ठूला ट्रेकिङ कम्पनी, माउन्टेन बिज्नेस गर्ने सबै शेर्पाहरु नै छन् । यही संस्कारबाट टाढा छैनन् कामी रिता ।

उनी आफ्नो जीवनयात्रामा धेरैपटक मृत्युसँग जुधेका छन् । आफ्नो ज्यानको बाजी थापेर विदेशी आरोहीहरुको ज्यान जोगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?