निजामती कर्मचारीलाई जीवन र दुर्घटना बीमा, सन्ततिका लागि शैक्षिक बीमा

लोकपथ
0
Shares

काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीका लागि जीवन तथा दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

प्रस्तावित ऐनअनुसार सरकारले निजामती कर्मचारीको योगदानमा आधारित सावधिक जीवन बीमा गर्नेछ । यसका लागि छुट्टै सावधिक जीवन बीमा कोष स्थापना गरिनेछ ।

स्थापना भएको कोषमार्फत कर्मचारीको सावधिक जीवन बीमा व्यवस्थापन गरिने प्रस्तावित ऐनमा उल्लेख छ । साथै, निजामती कर्मचारीका लागि सरकारले दुर्घटना बीमाको व्यवस्था गर्नेछ ।

त्यसैगरी, ऐन प्रारम्भ भएपछि निजामती कर्मचारीका बढीमा दुई सन्ततिका लागि शैक्षिक बीमा योजना लागू गर्न सकिने व्यवस्था गरिएको छ ।

शैक्षिक बीमा योजनाअन्तर्गत कर्मचारीका सन्ततिलाई स्नातक तहसम्म अध्ययन गर्न आवश्यक पर्ने खर्चको व्यवस्था गरिनेछ ।

प्रस्तावित ऐनले निजामती कर्मचारी र उनीहरूका सन्ततिका लागि जीवन, दुर्घटना तथा शिक्षासम्बन्धी बीमा सुविधा उपलब्ध गराउने व्यवस्था अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?