राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।

असोज १६ गते राति १२ बजे (भोलि) देखि लागू हुने गरी राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम असोज १३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

सोही अनुसार भोलि राति १२ बजेबाट लागू हुने गरी राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन् ।

सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्य हुने व्यवस्था रहेको छ ।

संघीय संसदको चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । अधिवेशनले सरकारको नीति तथा कार्यक्रम तथा चालु आर्थिक वर्षको बजेट समेत पास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?