ग्लोबल आइएमई क्यापिटलको १९औँ साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

लोकपथ
0
Shares

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसअनुसार १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।

साधारणसभा सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रम कम्पनी सचिव छविलाल शर्मा पौडेलले सञ्चालन गरेका थिए ।

साधारणसभामा अध्यक्ष रेग्मीले देशको आर्थिक गतिविधि सुस्त रहे पनि कम्पनीले शेयरधनीलाई प्रतिफल दिन सफल भएको बताए । उनले कम्पनीको प्रगतिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन र कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको सहायक कम्पनी हो । यो नेपालमा स्थापना भएको पहिलो मर्चेन्ट बैंकिङ कम्पनीसमेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?