काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले जबरालाई प्रहरीले नियन्त्रणमा नभई रेस्क्यु गरेको बताएका हुन् ।
उनले चोलेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने विषय सही नभएको स्पष्ट पारे । पछिल्लो घटनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले प्रहरीले जबरालाई उद्धार गरेको दाबी गरे ।
मन्त्री पोखरेलले घटनाबारे थप विवरण भने सार्वजनिक गरेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया