काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।
उपसभापति विश्वप्रकाश शर्मा भने झापा–१ मा मतदानमार्फत निर्वाचित भएका छन् । ७१० मतदाता रहेको झापामा उनी ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
कांग्रेसको महाधिवेशन यही असोज १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएकोमा बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया