ताम्राकार मोबाइल संघको अध्यक्षमा अनिल ढकाल निर्विरोध निर्वाचित

लोकपथ
0
Shares

काठमाडौं । न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सका मोबाइल व्यवसायीहरूको संस्था ताम्राकार मोबाइल संघको अध्यक्षमा अनिल ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

संघको आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए । व्यवसायीहरूको भेलाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

ताम्राकार मोबाइल कम्प्लेक्समा भएको भेलाबाट १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुवनरत्न तुलाधर, उपाध्यक्षमा निर्जसजङ्ग कार्की, सचिवमा रमण पराजुली, सहसचिवमा विश्वराज विष्ट र कोषाध्यक्षमा मोती कोइराला चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा अली आलम मियाँ, योगेश (रविन) डाँगी, बलराम कार्की, रञ्जित पुर्वछाने, कल्पना तिवारी, सुनिता कार्की र सुरज शाक्य रहेका छन् ।

संघका संस्थापक अध्यक्ष जगत साउदलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

ताम्राकार मोबाइल संघमा ताम्राकार मोबाइल कम्प्लेक्सका ८५ भन्दा बढी मोबाइल व्यवसायी आबद्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?