फेरि पक्राउ परे दुर्गा प्रसाईँ

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पुनः पक्राउ परेका छन् ।

भोटाहिटीस्थित साइबर ब्यूरोको टोलीले प्रसाईँलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

प्रसाईँ पक्राउ पर्दै छुट्टै आइरहेका छन् । अन्य व्यक्तिमाथि निरन्तर आरोप र आक्षेप लगाउने प्रसाईँ धेरै जसो अवस्थामा साइबर कसुरमा पक्राउ गर्ने गर्दछन् ।

प्रसाईँले रास्वपा सांसद समेत रहेकी जेनजी शहीद रसिक खतिवडाकी आमा रचना खतिवडामाथि विभिन्न आक्षेप लगाएका थिए । उनले ‘छोराको लाशमाथि टेकेर पाएको सांसद पद’ भन्दै आक्षेप लगाएपछि रचनाले सो विषय संसदमै राखेकी थिइन् ।

खतिवडा संसदमा भक्कानिएर रोएको विषय बाहिरिएपछि उनका परिवारका सदस्यहरुले ब्यूरोमा उजुरी दिइएको बताइएको छ । यद्यपि प्रहरीले भने त्यस बारे केही भनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?