काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । हिजो आइतबार दुई जनाको शव भेटिएकोमा आज सोमबार थप दुई जनाको शव फेला परेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार, खोज तथा उद्धारका क्रममा आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । हिजो छेबी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
एसोसिएसनका अनुसार, खोज तथा उद्धार कार्य जारी छ ।
हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको भनिए पनि यकिन संख्या अझै पुष्टि हुन नसकेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया