नदी अवरोध र हिमतालको जोखिमबारे नेपाललाई चीनले पूर्वसूचना दिने

लोकपथ
0
Shares

काठमाडौं । उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ ।

चिनियाँ दूतावासका अनुसार नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत नेपालसँग आदानप्रदान गरिनेछ ।

चीनका मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपाल केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा सम्भावित प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन् ।

विपद्का समयमा सम्भावित जोखिमको पूर्वानुमान गरी समयमै आवश्यक तयारी र उद्धार कार्य अघि बढाउन चीनबाट प्राप्त हुने जलविज्ञान तथा मौसमसम्बन्धी सूचनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?