नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै छ ।
बाढी आएको १०औँ दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले आयोजनाको सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै उद्धार गरेको हो ।
साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । उद्धारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली सुरुङभित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसक्रममा उनीहरूलाई जीवितै फेला पारेर उद्धार गरिएको हो ।
उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया