सुख्खा पहिरोले पोखरा–बागलुङ सडक पुनः अवरुद्ध

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ ।

आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुनः सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिए ।

‘पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘केहीबेरमा एकतर्फी यातायात संचालनमा आउँछ, दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको छ ।’

सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?