बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

लोकपथ
0
Shares

मुस्ताङ । वर्षासँगै लेदोसहित आएको पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी–सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ ।

शुक्रबार रातिदेखि परेको वर्षाका कारण लेदो तथा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार करिब दुई घण्टाअघि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । अहिले सडकमा आवागमनमा कुनै समस्या नरहेको उनले जानकारी दिए ।

विभिन्न सञ्चारमाध्यममा अझै पनि सडक अवरुद्ध रहेको समाचार प्रकाशित भइरहेकाले त्यस्ता भ्रामक सामग्रीमा विश्वास नगर्न उनले यात्रुहरूलाई आग्रह गरेका छन् ।

शर्माले सडक एकतर्फी रूपमा सञ्चालनमा रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?