हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको उद्योगमन्त्री यादवद्वारा अवलोकन

लोकपथ
7
Shares

काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन गरेकी छन् ।

मन्त्री यादवले शनिबार बिहान उद्योगको स्थलगत अवलोकन गरेकी हुन् । अनुगमनका क्रममा नेपाली सेनाले मन्त्री यादवलाई उद्योगको वर्तमान अवस्था र सञ्चालनबारे जानकारी गराएको थियो ।

सरकारले हेटौँडा कपडा उद्योगको मर्मतसम्भारको जिम्मेवारी नेपाली सेनालाई दिएपछि करिब साढे दुई दशकपछि उद्योगमा प्रारम्भिक परीक्षण उत्पादन सुरु भएको हो ।

मन्त्री यादवले उद्योगको अवस्था, परीक्षण उत्पादन तथा पुनः सञ्चालनका लागि भइरहेका कामबारे जानकारी लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?