काठमाडौं । लगातार ४ दिन घटेको शेयर बजारमा बिहिबार झिनो सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.१७ अंकले बढेर २६ सय २९ दशमलव ४० बिन्दुमा पुगेको छ ।
आज वाणिज्य बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा उत्पादन तथा प्शोधन र अन्य समुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् ।
नेप्सेसँगै यसदिन कारोबार रकममा पनि सुधार देखिएको छ । आज ३४५ कम्पनीको ९५ लाख ७६६ कत्तिा सेयर ४ अर्ब ४० करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ ।
हिजो ३४६ कम्पनीको ९५ लाख ४ हजार १२० कित्ता सेयर ३ अर्ब २९ करोड ५८ लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसदिनको कारोबारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटै कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १३ वटाको स्थिर रहेको छ ।
आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको सेयर मूल्य समान १४.९९ प्रतिशत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया