कर्णाली नदीले पार गर्‍यो सतर्कता तह, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

लोकपथ
14
Shares

काठमाडौं । कर्णाली नदीले सतर्कता तह पार गरेको छ ।

बुधबार बिहान ९ बजेर ५ मिनेटको तथ्यांकअनुसार कर्णाली नदी (बेनीघाट) को अछामस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नदीमा जलसतह अझै बढ्दो क्रममा रहेको छ । त्यसैले कर्णाली नदीको तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाले बुधबार बेलुकासम्म विशेष सावधानी अपनाउन र नदी आसपासका जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?