काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ता दिउँसो साढे २ बजे सिंहदरबारमा हुन लागेको हो ।
चारदिने नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौं आएका हुन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सेठ बुधबार भारत फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले जिम्मेवारी सम्हालेपछि नेपाल भ्रमणमा आउने उनी भारतका उच्च तहका अधिकारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया