नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाका संस्थापक मेयर राजेन्द्रमरण खनालको निधन भएको छ ।
नेकपा एमाले नुवाकोट जिल्ला उपसभापति समेत रहेका खनालको आइतबार उपचारको क्रममा निधन भएको हो ।
खनाल संविधान बनेपछि पहिलोपटक विंस २०७४ मा भएको स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । तर दोस्रोपटक पनि मेयरमा प्रतिष्पर्धा गरेका खनाल २०७९ साल को स्थानीय तह निर्वाचनमा भने पराजित बने ।
लामो राजनीतिक अनुभव भएका नेता खनाल तत्कालीन मदानपुर गाविसको उपाध्यक्ष, जिल्ला विकाससमिति नुवाकोटको सदस्य हुँदै मेयरदेखि पार्टीका विभिन्न जिम्मेवारीमा बसेर काम गरेका थिए ।
क्यान्सर रोगसँग लडिरहेका नेता खनालको आइतबार दिउँसो बालाजुस्थित सिल्भरलाइन अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया