धनगढी । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा भट्ट मुख्यमन्ी नियुक्त भएका हुन् । भट्टलाई शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेकोमा लगत्तै उनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । आजै दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम पनि तय भएको छ ।
यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।
मुख्यमन्त्री कमलबहादुर शाहले हिजो बिहीबार पेस गरेको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि लागि शुक्रबार बिहान ११ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश सरकार गठनका लागि २७ मत आवश्यक पर्नेमा ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया