सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै शपथ

लोकपथ
56
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट बन्ने भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार आज बिहान ११ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् ।

भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । दाबी पेस गरेपछि प्रदेश प्रमुखले आज नै उनलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

भट्टलाई शुक्रबार दिउँसो ३ बजे शपथ गराउने तयारी गरिएको छ ।

नेकपा र एमालेबीच सुदूरपश्चिममा मन्त्रालय बाँडफाँट पनि भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउनेछन् ।

यसअघि मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए । उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?