काठमाडौं । पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउको विषयमा प्रेस काउन्सिलले प्रतिक्रिया जनाएको छ ।
प्रेस काउन्सिलले प्रहरीले पत्रकार श्रेष्ठ पक्राउ, निजी निवासमा खानतलासी र हातहतियारसहित कार्यालयमा प्रहरी प्रवेश गरी विभिन्न सामग्रीहरु जफत गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । तर त्यसबारे अन्य कुनै प्रतिक्रिया जनाएको भने छैन ।
‘…आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले पत्रकार आचारसंहिता र काउन्सिलको भूमिकाबारे प्रष्टयाएको छ । यसैगरी प्रेसको मर्यादा कायम राख्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।
‘सत्य तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यवसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ सजगता अपनाउँनै पर्दछ । अतः काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर दुवै दृष्टिकोणबाट पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई ध्यानाकर्षण गरी कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रेस काउन्सिलको विज्ञप्ति हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया