काठमाडौं । मंगलबार गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
आजको बैठकमा खानी सम्बन्धी विधेयकमाथि छलफल भएको थियो ।
खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहे पनि मंगलबार अबेर गणपुरक संख्या नपुगेपछि बैठक नै स्थगित गरिएको हो ।
बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेको भन्दै प्रश्न उठाएका थिए ।
सांसद राईले गणपुरक संख्या गणनाका लागि सभामुखलाई आग्रह गरे । सभामुख डोलप्रसाद अर्यालले तीन मिनेटसम्म घण्टी बजाउँदा गणपुरक संख्या नपुगेपछि बैठक नै स्थगित गरिएको हो ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावका लागि ६९ सांसद हुनुपर्नेमा जम्मा ६१ जना मात्रै सांसद उपस्थित रहेका थिए ।
त्यसपछि सभामुख अर्यालले आगामी भदौ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
अर्को बैठकमा गणपुरक संख्या पुगेपछि मात्रै यो प्रस्तावमाथिको कार्यसूची अघि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया