काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएको प्रदर्शनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई समुदायबिच तनाव बढ्दा प्रहरीको गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
साउन १० गते सुनसरीको देवानगञ्जको कप्तानगञ्जमा दुई समुदायबिच तनावको स्थिति सिर्जना भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर सुनसरीमा ३ जनाको मृत्यु भएको थियो । सुनसरी घटनाको असर सिरहामा पनि देखिँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिरहाका गनेश कुमार यादव रहेका छन् ।
आजको मन्त्रिपरिषद् बैठकले ४ जनालाई नै शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया