नाइमा एक्स्पो : भृकुटीमण्डपमा कुन-कुन ब्राण्डका गाडी राखिएका छन् ? [तस्बिरसहित]

लोकपथ
21
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) अटो एक्स्पो मंगलबारबाट सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ५५ वटा ब्राण्डहरुले सहभागिता जनाएका छन् ।

आगामी साउन ३१ गतेसम्म चल्ने नाइमामा ४० भन्दा बढी नयाँ ब्राण्डका सवारीसाधन तथा उत्पादनहरु सार्वजनिक गरिने नाइमाले जनाएको छ ।

अटो क्षेत्रको कुम्भ मेलाका रुपमा हेरिने नाइमामा टू ह्वीलर्स (दुई पाङ्ग्रे), फोर ह्वीलर्स (चार पाङ्ग्रे) र नयाँ कमर्सियल भेइकलहरु प्रदशर्नीमा राख्ने तथा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

अटो एक्स्पोको दौरानमा नाइमामा नै अर्डर गर्नेहरुका लागि विभिन्न ब्राण्डले अफर समेत सार्वजनिक गरेका छन् ।

तस्बिरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?