काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा मंगलबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका छन् ।
विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि सभामुख अर्यालले बैठकको कारबाही अघि बढाउने प्रयास गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया