काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो अवधिमा ४१ वटा विपद्का घटना भएका छन् । ती घटनामा २० जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई तथा चट्याङ र वन्यजन्तु आक्रमणका एक–एक घटना भएका छन् ।
विपद्का घटनामा उद्धार तथा राहतका लागि १७३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । सर्पदंशका घटनामा मात्रै २० जना घाइते भएका छन् ।
विपद्का कारण अनुमानित ३८ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, चार स्थानमा सडक अवरुद्ध भएको छ भने एउटा चौपायाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि साउन २४ गतेसम्म देशभर चार हजार ४५२ वटा विपद्का घटना भएका छन् । यस अवधिमा विपद्का घटनामा परी २०५ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
यस्तै, एक हजार ३४७ जना घाइते भएका छन् भने पाँच हजार ४९२ परिवार प्रभावित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया