साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

लोकपथ
7
Shares

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बिहान वर्षा भइरहे पनि श्रद्धालुहरू पूजा, आराधना तथा दर्शनका लागि पशुपति क्षेत्र पुगेका छन् ।

साउनको सोमबार पशुपतिनाथमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ।

साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि भक्तजनहरू बागमती नदी किनारस्थित सुन्दरीजलमा समेत जम्मा भएका छन् । प्रत्येक वर्ष साउनका सोमबार सुन्दरीजलमा स्नान गरी शुद्ध कपडा लगाएर त्यहाँको जल पशुपतिनाथमा चढाउने परम्परा रहँदै आएको छ ।

यस वर्ष पनि बोलबम यात्रामा सहभागी भक्तजनले सुन्दरीजलबाट जल बोकेर पशुपतिनाथमा चढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?