काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन् ।
यसअघि देउवा साउन २६ गते राति नेपाल फर्किने भनिएको थियो । तर, रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि उनको फर्किने समय परिवर्तन गरिएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार देउवा साउन २८ गते बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानबाट काठमाडौं आइपुग्नेछन् ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए ।
कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलालाई देउवाले सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया