काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ८ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
काठमाडौंको थापागाउँस्थित ब्यांक्वेटमा आज आयोजित कार्यक्रममा ८ दलले संयुक्त रूपमा मोर्चा घोषणा गरेका हुन् । सोही अवसरमा मोर्चाको २८ बुँदे अवधारणापत्र पनि सार्वजनिक गरिएको छ ।
अवधारणापत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारी, बहुजन एकता पार्टीका अध्यक्ष डा। हरिनन्दन कुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि अवधारणापत्रमा हस्ताक्षर गरेका छन् ।
मोर्चाको नेतृत्व निश्चित समयका लागि हुने र सकेसम्म सहमतिबाट निर्णय गर्ने व्यवस्था गरिएको छ । सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरिने जनाइएको छ ।
मोर्चाका सबै सदस्यले सामूहिक निर्णयको सम्मान गर्नुपर्नेछ । घटक दलहरूले मोर्चाको निर्णयविपरीत सार्वजनिक गतिविधि गर्न नहुने व्यवस्था पनि गरिएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया