काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही पनि एक्लो नभएको बताएका छन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोपटक होइन’ भन्दै स्टाटस लेखेपछि झाले त्यसको जवाफ दिएका हुन् ।
झाले फेसबुकमार्फत प्रधानमन्त्रीलाई आफूहरू सरकारको साथमा रहेको बताएका छन् । उनले लेखेका छन्, ‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ ।’
शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाकै सांसदहरूले सरकारका कामबारे प्रश्न उठाएका थिए । त्यसपछि प्रधानमन्त्री शाहले आफू एक्लै लड्नुपरेको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
झाले सरकारको नियत र उद्देश्यप्रति आफूहरूको शंका नभए पनि केही विषय सुधार गर्नुपर्ने बताएका छन् । उनले संसदमा प्राप्त अवसर खेर जान नदिन प्रधानमन्त्रीलाई सचेत गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सचेत गराउने बताए ।
उनले भनेका छन्, ‘यो ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया