कर्मचारीको नयाँ तलबमान स्वीकृत, अबदेखि कसको तलब कति ? [सूचीसहित]

लोकपथ
1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेको छ ।

अर्थ मन्त्रालयले पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्ले स्वीकृत गरेर कार्यान्वयनका लागि पठाएको हो ।

अर्थ मन्त्रालयले गत साउन ६ गते कर्मचारीहरुको नयाँ तलबमान प्रस्ताव गर्दै पठाएको थियो । मन्त्रिपरिषद्ले करिब १५ दिनपछि उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउनदेखि लागू हुनेगरी राष्ट्रसेवक कर्मचारीहरुको तलबमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेका थिए । यससँगै कर्मचारीहरुले १० प्रतिशत प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, पेन्सनधारीहरुको हकमा भने मासिक पेन्सन रकममा १० प्रतिशत वृद्धि हुने भएको छ । नयाँ तलबमान स्वीकृत भएसँगै कर्मचारी तथा पेन्सनधारीले साउन महिनादेखि नै बढेको सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?