काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (बुधबार) नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् ।
यसअघि मंगलबार उनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग पनि छलफल गरेका थिए । आजको बैठक बिहान ९:१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ ।
बैठकमा देशको आर्थिक अवस्था, अहिले देखिएका समस्या र तिनको समाधानका उपायबारे छलफल हुनेछ । मौद्रिक नीति कार्यान्वयन गरिरहेका राष्ट्र बैंकका अधिकारीहरूको सुझावका आधारमा अर्थतन्त्र सुधार गर्ने उपाय खोज्ने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार, गभर्नर र डेपुटी गभर्नरसँग नियमित भेटघाट हुने भए पनि राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग एकैपटक यसरी छलफल हुन लागेको यो पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया