काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घट्नासाथ किन गोली चल्छ ? भन्दै राज्यसँग प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनेले यस्तो प्रश्न गरेका हुन् ।
उनले मधेस प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन तथा मधेस आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अश्रुग्याँसको व्यवस्था किन गरिँदैन ? भन्दै प्रश्न गरे । उनले आन्दोलन तथा दंगा नियन्त्रणमा कस्तो सुरक्षा व्यवस्था गर्ने भन्ने विषयमा सुरक्षा निकायलाई उचित तालिमको व्यवस्था गर्न समेत सरकारसँग माग गरे ।
उनले प्रहरीको लागि लाठी र अश्रुग्याँसको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरे । उनले मुलुकमा सामाजिक सद्भाव कायम गर्न समेत सबैमा अपिल गरे । उनले अहिलेको आवश्यकता समुदाय समुदाय एक आपसमा लड्ने नभई मुलुकमा विद्यमान गरिवीसँग लड्ने रहेको बताए ।
उनले भने,‘म यो सदनमार्फत सबैलाई अपिल गर्न चाहन्छु, अहिले हाम्रो आवश्यकता सामाजिक सद्भाव कायम गर्ने र गरिबीसँग लड्ने हो । पछौटापनसँग लड्ने हो, असमानतासँग लड्ने हो । समुदाय समुदायबिच लड्ने समय होइन । सुनसरीको घटनामा हाम्रो पार्टी सभापतिबाट भएको अग्रसरता सराहनीय छ त्यसको लागि उहाँलाई धन्यावाद दिन चाहन्छु । म त्यही भूगोल र त्यही समुदायको सांसद हो । प्रधानमन्त्रीले पनि ढिलै भए पनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो । जुन पहिल्यै गर्नुपर्ने थियो । तर साथसाथै म यहाँ प्रश्न पनि गर्न चाहन्छु, खम २०६३ देखि सांसद छु । मेरो प्रश्न राज्यसँग छ, मधेसमा साम्प्रदायिक, थारुहट तथा मधेस आन्दोलन हुन्छ, त्यहाँ गोली मात्र किन चल्छ ? त्यहाँ लाठी र टियर ग्याँस किन चल्दैन ? नेपालबाहेक दुनियामा कुनै पनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्र दिइन्छ । या त प्रहरीलाई ट्रेनिङ पुगेन या सुरक्षा निकायको मनोविज्ञान नै यस्तै हो ? कि जाने बित्तिकै गोली ठोक्छ । म सरकारसँग आग्रह गर्न चाहन्छु, लाठी चार्ज र टियरग्यासको व्यवस्था गरोस् । न कि सिधै गोली हानोस् ।’
उनले अगामी दिनमा धार्मिक तथा साम्प्रदायिक दंगा हुन नदिने कुरामा राज्य सचेत हुनुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया