वर्षासँगै देशभर बाढीको जोखिम, ३१ जिल्लामा सतर्कता अपनाउन आग्रह

लोकपथ
168
Shares

काठमाडौं । लगातारको वर्षाका कारण देशका केही जिल्लामा आज आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार धेरै साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।

ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं उपत्यकाका जिल्ला, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम, सुर्खेत, दार्चुला, बैतडी, अछाम र डोटीलगायत क्षेत्रमा बग्ने साना नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। स्थानीय बासिन्दालाई नदी किनार र जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

यस्तै सप्तकोसी, तमोर, दूधकोसी, तामाकोसी, नारायणी, त्रिशूली, मर्स्याङ्दी, सेती, भेरी, महाकाली र कन्काईजस्ता ठूला नदीमा पनि पानीको बहाव बढ्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?