किङ्स लाउन्जको ‘प्रेडिक्ट एण्ड विन मा दुई जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित किङ्स लाउन्जमा हालै सम्पन्न विश्वकप फुटबलको ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रम अन्तर्गतको लक्की ड्र सम्पन्न भएको छ ।

अभियानको तेस्रो संस्करणमा २०२६ को विश्वकप प्रेडिक्सनमा सहभागी ग्राहकहरूलाई समेटिएको र गोर्खा ब्रुअरीको प्रायोजन र किङ्स लाउन्जको आयोजनामा भएको उक्त कार्यक्रममा ४०० भन्दा बढी कुपनहरू संकलन गरिएको किङ्स लाउन्जका प्रबन्ध निर्देशक कुमार गुरुङले जानकारी दिए ।

कार्यक्रममा गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर बैद्य र बिक्री निर्देशक काजी मान सुब्बाको उपस्थिति थियो । त्यसैगरी किङ्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी हरि खड्काले पनि कार्यक्रममा सहभागिता जनाए ।

लक्की ड्र मार्फत १० हजार रुपैयाँ बराबरको फुड भौचर जित्ने विजेताहरूमा इमा खनाल र सागर चौधरी रहेका छन् । कार्यक्रमको मुख्य पुरस्कार थाइल्याण्ड भ्रमणका लागि सुष्मिता बैद्य र अनिता कुमार छानिएका छन् ।

विजेताहरूले आगामी एक हप्ताभित्र आफ्नो पुरस्कार दाबी गरिसक्नुपर्ने आयोजकले जनाएको छ । यदि तोकिएको समयमा विजेताहरू सम्पर्कमा नआए अर्को शुक्रबार पुनः नयाँ लक्की ड्र गरिने बताइएको छ ।

कार्यक्रममा बिक्री निर्देशक सुब्बाले नयाँ नन–अल्कोहलिक उत्पादनहरूको बारेमा जानकारी दिएका थिए भने हरि खड्काले विश्वकपका अनुभव र कीर्तिमानका बारेमा चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?