काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आज अपराह्न सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।
उनले दिवंगत आरोहीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गरेका छन् ।
‘निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,‘ प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी नेपाली आरोही निर्मल पुर्जासहित अन्य आरोहीको मृत्यु भएको घटनाप्रति देशभर शोक व्यक्त भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया