काठमाडौं । परिवर्तन अभियान नेपालले आफ्नो तेस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
बिहीबार काठमाडौं महानगरपालिका–१६ स्थित नयाँ बजारमा आयोजित एक एक कार्यक्रमकाबिच विभिन्न सांस्कृति कार्यक्रम, विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
यसअघि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको परिवर्तन अभियान नेपालले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका तीन जनालाई सम्मान गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, वरिष्ठ पत्रकार श्रीराम पुडासैनी तथा पशु सेवामा योगदान पुर्याउँदै आइरहेका अनिकेत कपालीलाई सम्मान गरिएको हो ।
अन्य वर्षजस्तै य वर्ष पनि समाजमा आ–आफ्नै योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको संस्थाका अध्यक्ष सुशील भट्टले बताए ।

‘तेस्रो वर्षसम्म आइपुग्दा हामीले समाजमा केही सकारात्मक काम गर्न सक्यौँ जस्तो लाग्छ । हामीले गर्नुपर्ने काम धेरै छ र आगामी दिनमा समाज परिवर्तनका लागि परिवर्तन अभियान नेपाल सधैँ तत्पर छ,’ भट्टले भने ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले परिवर्तन अभियान नेपालले समाजमा पुर्याएको योगदानबारे चर्चा गरे । साथै अहिले जस्तो संवेदनशील अवस्थामा परिवर्तन अभियान नेपाल जस्ता संस्थाहरुले सामाजिक सद्भाव कायम राख्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

‘युवा साथीहरु जोडिएर बनेको यो परिवर्तन अभियान नेपालले समाजमा खेलेको भूमिका अतुलनीय छ । अहिले जस्तो संवेदनशील अवस्थामा झन यस्ता संस्थाहरुको महत्व धेरै छ,’ पौडेलले भने ।
यसैगरी संस्थाका सल्लाहकार एवं नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले संस्थाले तीन वर्षमा गरेको कामको चर्चा गरे । शिक्षा, स्वास्थ्यदेखि समाजका थुप्रैथुप्रै क्षेत्रमा यसले काम गरेको बताउँदै बानियाँले आगामी दिनमा देशव्यापी रुपमा यसले आफ्नो सामाजिक अभियान विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा काठमाडौंको सोह्रखुट्टेमा रहेको मोडर्न कलेजले सांस्कृतिक कार्यक्रमका लागि संयोजन गरेको थियो । भने मदन थापा लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।

संस्था स्थापनापछि प्रत्येक वर्ष साउन १५ गते विभिन्न सांस्कृति कार्यक्रम गर्दै खिर खाने पर्वको संरक्षण गर्दै आपसी खुसी साटासाट यो संस्थाले गर्दै आइरहेको थियो ।
कार्यक्रममा संस्थाका परिकल्पनाकार काठमाडौं महानगरपालिका–१६ का पूर्ववडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको स्मरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया