काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राजधानीको बानेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको पक्राउ सम्बन्धमा आधिकारिक जानकारी दिएको छैन ।
सीआईबीले पक्राउको कारण र अनुसन्धानको विषय सार्वजनिक गरेपछि मात्र उनीमाथि लागेका आरोपको कानुनी अवस्था स्पष्ट हुनेछ ।
भण्डारीको पक्राउसँगै उनीमाथि यसअघि उठ्दै आएका विभिन्न विवाद र आरोप पुनः चर्चामा आएका छन् । स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने कर, रोयल्टी र नवीकरण दस्तुर नतिरेको भन्दै लाइसेन्स खारेज गरिएको थियो । कानुनअनुसार लाइसेन्स खारेज भएपछि कम्पनीका पूर्वाधार, टावर तथा नेटवर्क प्रणाली सरकारी स्वामित्वमा जानुपर्ने व्यवस्था रहेको छ । तर उनमँीथ सरकारी नियन्त्रणमा आएको सम्पत्ति पछि निजी कम्पनीमार्फत न्यून मूल्यमा बिक्री भएको आरोप लाग्दै आएको छ ।
यस प्रक्रियामा तत्कालीन कार्यकारी अध्यक्षका रूपमा भण्डारीको भूमिका र प्राधिकरणको निर्णय प्रक्रियाबारे विभिन्न प्रश्न उठेका थिए । भण्डारीमाथि अध्यक्ष नियुक्तिका क्रममा पेस गरिएको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्रको विश्वसनीयतामाथि पनि प्रश्न उठ्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया