बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् ।

सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बाँनिया अल्पमतमा रहेका छन् ।

एमालेले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला मुख्यमन्त्री बाँनियाले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

आज बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिएर अघि बढ्नुपर्ने सुझाव दिएको थियो ।

बिहीबार ललितपुरमा बसेको दलको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने समेत निर्णय गरेको छ । 

बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले बताए ।

महर्जनका अनुसार प्रदेशमा पछिल्लो पटक उत्पन्न राजनीतिक परिस्थितिकाबिच कांग्रेसले सरकारको निरन्तरताका लागि विश्वासको मत लिन उक्त निर्णय गरेको हो ।

संसदीय दलका नेता समेत रहेका बानियाँको नेतृत्वको बैठकले सरकारको निरन्तरताका लागि प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित वा मौखिक संवाद गर्ने जिम्मेवारी बानियाँलाई तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?