चौतर्फी खोजी भएपछि राष्ट्रको सम्बोधन गर्न तयार भए प्रधानमन्त्री बालेन

लोकपथ
448
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

आज साँझ प्रधानमन्त्री शाहले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए ।

मुलुकमा घटित पछिल्ला घटनाक्रम, समसामयिक विषयलगायतका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

सुनसरी लगायत देशका विभिन्न स्थानमा दुई समुदायबिचको तिक्तता बढिरहेको छ ।

आइतबार सुनसरीबाट सुरु भएको दंगा तराईका जिल्लामा समेत फैलिन थालेपछि प्रधानमन्त्री बालेनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । यद्यपि कतिबेला गर्ने भन्ने समय भने तय भएको छैन ।

बिहीबार राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । त्यसपछि गृहमन्त्री सुधन गुरुङसँग भेट गरी सुनसरी पठाएका छन् ।

गृहमन्त्री गुरुङ आजै सुनसरी जाँदैछन् ।

त्यसो त झण्डै एक सातादेखि सुनसरीमा दुई समुदायबिच तनावको स्थिति सिर्जना हुँदासमेत प्रधानमन्त्री र गृहमन्त्रीले कुनै पहल नगरेको भन्दै आलोचना भइरहेको छ । सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीको तर्फबाट सम्बोधन हुन नसकेको आलोचनापछि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?