गृहमन्त्री सुधन गुरुङ आजै सुनसरी जाने

लोकपथ
28
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग समेत भेट गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेकी हुन् । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।

आइतबारदेखि सुनसरीको देवानगञ्जमा दुई पक्षबिच देखिएको तनाव तराईका जिल्लामा समेत फैलिएको छ ।

धार्मिक समुदायबिच देखिएको तिक्तता बढ्दा समेत प्रधानमन्त्री र गृहमन्त्रीले चासो नदिएको आलोचनापछि गृहमन्त्री गुरुङ सुनसरी जान तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?