काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै संसदको ज्येष्ठ सदस्य समेत रहेका केसीले प्रधानमन्त्रीको कार्यशैलीबारे प्रश्न उठाए ।
उनले देश गम्भीर संकटको अवस्थामा रहेका बेला समेत प्रधानमन्त्रीको जवाफदेहिता नदेखिएको भन्दै त्यसलाई हुकुमी प्रवृत्तिको संज्ञा दिए ।
४४ दिन चलेको संसदको दुई अधिवेशनमा प्रधानमन्त्री ७ दिन उपस्थित भएको र त्यसमा जम्मा २–३ घण्टा मात्रै संसदमा रहेको तथ्य प्रस्तुत गरे । साथै संसदमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरणको माग निरन्तर उठिरहँदा त्यसलाई उपेक्षा गरिँदा संसदको अपमान भएको उनको धारणा रहेको छ ।
शून्य समयमा पूर्वमन्त्री समेत रहेका केसीले भनेका छन् :
‘आजको ४४ दिन चलेको दुई अधिवेशनमा प्रधानमन्त्री ७ दिनमा लगभग २–३ घण्टा संसदमा उपस्थित ,स्पष्टीकरणको माग निरन्तर उठिरहँदा प्रमको उपेक्षा र अनुत्तरदायित्वले संसदको चरम अपमान । यस्तो आत्म केन्द्रीत सोच र अहंकार (Grandiosity)हुकुमी प्रवृत्ति हो । नागरिकका आधारभूत आवश्यक्ताप्रति राज्यको चरम उपेक्षा आत्मदाह र आत्म हत्याको बढ्दो क्रम । सुनसरी, देवानगञ्जको गोली काण्ड र सेना परिचालनको स्थिति दुर्भाग्यपूर्ण मात्र नभई यो धर्म सम्प्रदाय र संस्कृति बिचको हाम्रो एकता र विशेषतालाई गम्भीर चुनौती पनि हो । सुकुमबासी र लघुवित्त पीडित बिचल्लीमा छन् । महँगी र आर्थिक मन्दीले जनजीवन कष्टकर छ । तर सरकारमा गाम्भिर्यता देखिन्न । के अत्यधिक बहुमतको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन face book status बाट चल्ने हो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया