राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा, को-को छन् सहभागी ?

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

सुनसरीमा केही दिनदेखि घटिरहेको घटनापछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

बैठकमा रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री बालेन, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द बहादुर कार्की, प्रधान सेनापति अशोकराज सिग्देल र रक्षा सचिव केदारनाथ शर्माको उपस्थिति रहेको छ ।

गत साउन १० गतेदेखि सुनसरीमा घटेको घटनालाई लिएर चौतर्फी चासो बढिरहेको छ । दुई समुदायबिच भएको धार्मिक दंगाले उग्र रुप लिन थालेपछि प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखहरुसँग समेत छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?